बिनोद बिष्ट/संगालोखबर

काठमाण्डौं, २७ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रवार नेपालको राजकीय भ्रमणमा आउँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा मोदी नेपालको दुईदिने राजकीय भ्रमणमा आउँन लागेका हुन् ।

भारतका कार्यकारी सरकार प्रमुखका रुपमा तेस्रो पटक हुन लागेको यो भ्रमणले आपसी आत्मीयता र दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ ।

Advertisement

प्रधानमन्त्री ओलीले गत महिना भारतको राजकीय भ्रमण गरेका थिए । त्यही भ्रमणको प्रत्युत्तर भ्रमणका रुपमा पनि मोदीको भ्रमणलाई लिईएको छ । मोदी आउँने भएपछि उनको स्वागतका लागि भब्य तयारी गरिएको छ ।

राजधानीमा यस्तो छ मोदीको स्वागत तयारी…

तस्वीरहरु: बिनोद बिष्ट/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!