काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि दर्ता भएको महाअभियोग अस्वीकार्य भएको बताएको छ । साथै उसले भोलि सम्म फिर्ता लिन चेतावनी दिए ।

Advertisement

स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गर्न सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले बदनियतपूर्वक महाअभियोगको प्रस्ताव आएको बताए ।

चुनाव गराउनु पर्ने बेला सरकार नचाहिने बाटोमा हिडेको भन्दै ओलीले भने, सरकारले भोलि नै प्रस्ताव फिर्ता लेओस् । यो कुनै पनि हालतमा मान्य छैन । यो बदनियतपूर्ण छ र सरकार बदनियत पूर्ण ढंगले चल्न मिल्दैन ।’

आईजीपी प्रकरणसहित मुद्दा प्रभावित पार्न हचुवाका भरमा महाअभियोग दर्ता भएको उनको दाबी छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले ‘केके हुनखोज्यो’ त्यसैले महाअभियोग ल्याएको भनेको सुनाउँदै पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले भने, ‘कीर्तेहरु आत्तिए । भोलि विहान उज्यालो हुन्छ भन्ने थाहा थियो होला तर, राति नै माला लगाउनु पर्ने कारण के त ?’

सर्वोच्च अदालतमा भोलि नेपाल प्रहरीको आईजीपी प्रकरणबारे पूर्ण इजलासमा सुनुवाई हुनेछ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता भएपछि न्यायाधीश गोपाल पराजुलीले कार्यवाहक भएका छन् ।

सर्वोच्चलाई कार्यपालिकाको आदेश तामेली गर्ने संस्था नबनाउन चेतावनी दिँदै ओलीले भने, ‘भोलिकै मुद्दा यसै गर्नु भो भने जनताको विश्वास के हुन्छ ? -अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!