लहान। सिरहा नगरपालिका–१७ स्थित एक फर्निचर उद्योगमा आज बिहान आगलागी हुँदा करिब रु १५ लाख मूल्य बराबरको क्षति भएको छ ।
विद्युत् सर्ट भई सिरहा नगरपालिका–१७ स्थित बस्ने बेचन यादवको फर्निचर उद्योगमा सुरु भएको आगलागीबाट फर्निचर तथा फर्निचर बनाइने अन्य काठपातसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरी, वारुणयन्त्र तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।