काठमाडौं । निर्वाचन आयोगले आगामी जेठ १५ मा बजेट ल्याउन रोकेको छ । दुई चरणको निर्वाचनको बीचमा सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनु आचार संहिता विपरित हुने आयोगको ठहर छ ।

आयोगको शनिबार बसेको बैठकले निर्वाचनको बीचमा बजेट ल्याउँदा आचार संहिता अनुकुल नहुने ठहर गर्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको छ ।

आयोगको निर्णयमा भनिएको छ, ‘एक महिनाको अन्तरालमा हुने दुई चरणको निर्वाचनका बीच सरकारको नीति तथा कार्यक्रम र बाणिर्क बजेट प्रस्तुत गर्ने कार्य निर्वाचन आचार संहिता अनुकुल नहुने र दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्न सक्ने देखिएको हुँदा सरकारको ध्यानाकर्षण गर्ने ।’

फागुन १८ गतेदेखि लागू आचार संहिता दोस्रो चरणको निर्वाचनसम्म यथावत रहने आयोगले जनाएको छ ।

सरकारले बैशाख ३१ र जेठ ३१ मा दुई चरणमा स्थानीय तह निर्वाचन गर्ने निर्णय गरेको छ । तर, जेठ १५ मा बजेट ल्याउनु पर्ने संवैधानि व्यवस्था छ ।

निर्वाचन आयोगका पदाधिकारीहरुले सुरुमा चुनावलाई प्रभावित पार्ने कार्यक्रम नराखी बजेट ल्याउन सक्ने बताएका थिए । तर, प्रमुख विपक्षी एमालेले आपत्ति जनाएपछि आयोगले चुनावको बीचमा बजेट ल्याउन रोकेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!