काठमाडौं । संविधान संशोधनमा प्रमुख विपक्षी नेकपा एमालेलाई मनाउने सत्तारुढ नेपाली कांग्रेसको प्रयास पनि असफल भएको छ ।

Advertisement

सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरु शनिबार एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेका थिए ।

बैठकमा कांग्रेस नेताहरुले चुनाव गराउनु पर्ने भन्दै संविधान संशोधनमा सहमति गर्न प्रस्ताव गरेका छन् ।

तर, एमालेले अस्वीकार गरेको छ । संविधान संशोधन कुनै हालतमा पास हुन नदिने भन्दै एमाले अध्यक्ष केपी ओलीले ‘एमाले विना दुई तिहाई पुर्‍याउँछु भन्ने नसोचेपनि हुन्छ’ भनेका छन् ।

यसअघि प्रधानमन्त्री प्रचण्ड र माओवादी नेताहरुले एमाले नेतृत्वसँग लगातार दुई दिन छलफल गरेका थिए । तर, संशोधन पास हुन नदिने एमाले अडान कायमै छ । -अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!