काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नो दलका नेताहरुको टोली लिएर  एमाले अध्यक्ष केपी शर्मा ओलीलार्इ भेट्न  बालकोट पुगेका छन् ।

Advertisement

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाल गायत नेतासँगै कांग्रेस सभापति देउवा शनिबार  बालकोट पुगेका हुन् ।

संविधान संशोधन र स्थानीय तह निर्वाचनबारे छलफल गर्न कांग्रेस नेताहरू बालकोट पुगेकाे  नेताहरूले बताएका छन् ।

दुर्इ पक्षीय छलफलमा एमालेका तर्फबाट पार्टी अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेललगायत नेता  सहभागी छन् ।

संसदमा टेबुल भएको संविधान संशोधन प्रस्ताव पारित गर्न कांग्रेस नेताहरुले एमालेसँग आग्रह गर्दै आएका छन् । यसबारे संसदमा सम्भवतः आइतबार टुंगो लाग्नेछ ।

एमालेले संविधान संशोधनको विपक्षमा मतदान गर्ने बताइरहेका बेला नेपाली कांग्रेसले भने एमाले सहितको सहमतिमा संविधान संशोधन गर्ने प्रयत्न गरिरहेको छ । – अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!