टम्पा, ४ वैशाख ।  आँखा सुख्खा हुने समस्या भएकाहरुलाई माछाको तेल लाभदायक हुने मान्यता गलत रहेको एक अध्ययनले देखाएको छ ।
लामो समयदेखि स्थापित मान्यतालाई गत शुक्रबार सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनले त्रुटिपूर्ण रहेको दावी गरेको हो ।
माछाको तेलबाट बनाइने ओमेगा–३ नामक औषधीवद्र्धक पदार्थ आखाँका लागि प्रभावकारी काम गर्न नसकेको विभिन्न परिक्षणहरूबाट पुष्टि भएको अध्ययनकर्ताहरूले बताएका छन् ।

Advertisement

झण्डै ५३५ जनामा गरिएको परिक्षणको नतिजाका आधारमा तयार पारिएको प्रतिवेदन न्यु इङ्ग्ल्याण्ड जर्नल या मेडिसिनमा प्रकाशित भएको छ ।
अमेरिकाका झण्डै एक करोड साढी लाख मानिसमा आँखा सुख्खा भएर आँखाको दृष्टिमा कमी आउने लगायतका समस्याहरू देखिने गरेको छ ।
विज्ञहरूले अनुमान गरेअनुसार अमेरिकामा सुख्खा आँखा सम्वन्धि समस्याका कारण प्रतिबर्ष ५५ विलियन डलर खर्च हुनेगरेको छ ।
अध्ययनमा संलग्नहरूको आँखाको अवस्थामा सुधार आएको छ कि छैन भनेर झण्डै छ महिना परिक्षण गरेर गरिएको अध्ययनबाट अनपेक्षित नतिजा आएको उनीहरूको भनाई छ ।

परिक्षणमा संलग्नहरूको आँखामा आएको सुधार अस्वस्थकारी भएको उनीहरूको निश्कर्ष रहेको छ । माछाको तेलका कारण झण्डै दश प्रतिशत मात्रै उपलब्धि भएको पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

“ओमेगा –३ ले कुनै फाइदाजनक प्रभाव पार्दो रहेनछ भन्ने देखिएपछि हामी चकित भयौं,” अध्ययनप्रतिवेदनका सहलेखक तथा पेन्सील्भानीया विश्वविद्यालयका सहायक प्राध्यापक भाटिनी बुन्याले भन्नुभयो ।

यो अध्ययनले आँखाको उपचारको उपायका बारेमा आँखा सम्बन्धी स्वास्थ्यकर्मीहरूले पुनःविचार गर्नुपर्ने सन्देश दिएको उहाँको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!