सुर्खेत । स्थानीय तहको निर्वाचनको बिरोध गर्न आयोजना गरिएको नेत्र विक्रम चन्द विप्लवको नेपाल कम्यूनिष्ट पार्टीको सभामा प्रहरीले हस्तक्षेप गरेको छ ।

निर्वाचन नै खारेज गर्नुपर्ने माग गर्दै यहाँको मंगलगढी चोकबाट र्‍याली निकाल्ने क्रममा नै प्रहरीले विप्लवका दर्जनौ कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएपछि कार्यक्रम स्थगित भएकाे छ ।

पक्राउ पर्नेमा केन्द्रीय सदस्य हिमाल, बिक, विद्यार्थीका केन्द्रीय सदस्य धनबहादुर नेपाली, विद्यार्थी संगठनका सुर्खेत जिल्ला संयोजक कमलसिं बुढा लगायत ३० जना कार्यकर्ताहरु रहेका छन् ।

मंगलगढी चौकबाट र्‍याली निकाल्ने क्रममै एक सय झण्डा र ब्यानरसहित कार्यकर्ताहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) मोहन आचार्यले जानकारी दिए ।

निर्वाचन विरोधी कार्यक्रम गर्न लागेकोले उनीहरुलाई पक्राउ गरिएको एसपी अाचार्यले बताए ।-अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!