काठमाडौं । रोजगार अनुमति प्रणालीअन्तर्गत कोरिया जानका लागि भरेको भाषा परीक्षाको दरखास्तमा १५ हजार जनाको त्रुटि फेला परेको छ । पहिलोपटक अनलाइनमार्फत दरखास्त संकलन गरिएकोमा १५ हजार निवेदकमध्ये केहीले फोटो, केहीले नाम तथा जन्म मितिमा फरक विवरण भरेका हुन् ।

Advertisement

चैत ९ देखि १८ गते राति १२ बजेसम्म संकलन गरिएका दरखास्तमध्ये अधिकांशको त्रुटि सच्याएर कोरिया पठाइसकिएको इपिएस शाखाका अधिकृत शोभाकर भण्डारीले जानकारी दिए ।

यसपटक कोरियन भाषा परीक्षामा सहभागी हुन ७५ हजार पाँच सय ३ जनाले दरखास्त दिएका छन् । दरखास्त दिएकाको आउँदो जेठ २७ र २८ गते चार सिफ्टमा परीक्षा लिने व्यवस्था मिलाइएको नागरिक दैनिकमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!