दोर्दी, लमजुङ, १९ चैत । बाह्र मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत् आयोजनाको निर्माण कार्य शुरु भएको छ । आयोजनाको मुख्य सुरुङको शिलान्यास गरी आइतबारदेखि निर्माण कार्य शुरु भएको हो ।

Advertisement

करीब दुई अर्बको लागतमा निर्माण हुन लागेको सो आयोजना दुईवर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजना प्रमुख उज्ज्वल सिलवालले बताउनुभयो ।

आयोजनामा सानिमा बैंक, लक्ष्मी बैंक, कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक, कैलाश विकास बैंकसँग ऋण सम्झौता भएको छ । आयोजनामा लमजुङ विद्युत् विकास कम्पनी (लेड्को) र पब्लिक शेयरबाट संकलित रकमको लगानी छ ।

दोर्दी खोला जलविद्युत् कम्पनी लिको प्रवद्र्धनमा बन्ने यो आयोजनामा दुई हजार ५०० मिटर लामो सुरुङ निर्माण हुनेछ भने ७०० मिटर पाइपलाइन रहने बताइएको छ । आयोजनाको ठेकेदार कम्पनी माउन्टेन इन्फ्लाले सुरुङ र सिभिल वर्कको जिम्मा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!