किशोरीहरुप्रायः १३ वर्षको उमेरदेखि महिनावारी हुन सुरु गर्छन् । कसैकसैमा १४ वर्षको उमेरमा पनि पहिलो महिनावारी सुरु हुने गर्दछ ।

नेपालजस्तो मुलुकमा १२ वर्षको उमेर देखि १४ वर्षसम्मको उमेरमा महिनावारी हुनुलाई सामान्य रूपमा लिइन्छ ।

१३ वर्षको उमेरभन्दा पहिले र १५/१६ वर्षको उमेर पछाडी महिनावारी हुनुलाई चिन्ताको विषय मानिन्छ । यस्तो भए तुरुन्तै चिकित्सकलाई देखाउनु उपयुक्त हुन्छ ।

सामान्यतया महिलाहरूमा हुने पहिलो माहिनावारीलाई चिकित्सकीय भाषामा ‘मेनार्चे’ पनि भन्ने गरिन्छ । मेनार्चे कुन उमेरमा हुने भन्ने कुरा व्यक्तिको शारीरिक अवस्थाका साथै अन्य विभिन्न तत्वले निर्धारण गर्दछन् ।

कैयौं महिलाको पहिलो महिनावारी उसको पारिवारिक पृष्ठभूमिको आधारमा पनि निर्धारण हुने गर्दछ । आमा तथा हजुरआमाको पहिलो महिनावारी कुन उमेरमा भएको हो, त्यसको आधारमा पनि ती घरकी महिलाको महिनावारी मापन गर्न सकिन्छ, जुन आनुवंशिक कारणहरूमध्येमा पर्दछ ।

वरिपरिको वातावरण तथा शारीरिक अवस्थाले पनि पहिलो महिनावारी कुन उमेरमा हुन्छ भन्ने कुराको निक्र्यौल गर्दछ । किनभने शरीरको सही वजन तथा बोसोले हर्मोनको उत्पादनमा महत्वपूर्ण भूमिका खेल्दछ । जसका कारण कतिपयमा समय अगावै महिनावारी हुने सम्भावना बढ्छ ।

पहिलो पटक महिनावारी हुनुभन्दा पहिले महिलाहरूको वजन थोरै भए पनि वृद्धि हुन्छ । पछिल्लो समय मोटोपनाको कारण पनि महिनावारीको समस्या बढ्दै गएको छ ।

विशेषगरी १२ भन्दा कम उमेरमै पहिलो पटक महिनावारी हुने महिलालाई स्तनको क्यान्सर, मोटोपना, टाइप-२ मधुमेह लगायतको खतरा बढी हुने गरेको ‘डायविटिक मेडिसिन’ नामक जर्नलमा उल्लेख गरिएको छ । साथै गर्भावस्थाका दौरान ती महिलाहरूलाई अन्यको तुलनामा थप जटिलता सिर्जना हुने गर्दछ ।

कुनै महिलाको महिनावारी दस वर्षको उमेरभन्दा पहिले वा १७ वर्षपश्चात भएमा उनीहरूमा मुटु सम्बन्धी समस्या, स्ट्रोक तथा उच्च रक्तचापको समस्या अन्य महिलाको तुलनामा अधिक हुने गर्दछ । त्यसैगरी १७ वर्षभन्दा पछि महिनावारी सुरु हुने महिलाहरूमा हड्डीको घनत्व कम भई ओस्पोरियोसिस तथा बे्रन स्ट्रोकको सम्भावना बढी हुने गर्दछ ।
जब कि १२ वर्ष पश्चात पहिलो पटक महिनावारी हुने महिलाहरू भने लामो आयु बाँच्ने गर्छन् ।

त्यस्तै, १२ वर्षको उमेरभन्दा पहिले नै महिनावारी हुने महिलाहरूमा महिनावारी सुक्ने सम्भावना ४० देखि ४४ वर्षको उमेर बीच हुने गर्दछ भने ढिला महिनावारी सुरु हुने महिलामा महिनावारी सुक्ने प्रक्रिया पनि ढिलै सुरु हुने गर्दछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!