- ज्यो.प.तुलसी भारद्वाज निरौला

मेष– खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ, भौतिक साधनको पनि क्षति हुने दिन छ होस पुर्याउनु होला ।

वृष– नसोचेको आफन्तसग भेटघाट हुनाले मन प्रफुल्ल हुने छ, सोचे अनुसार काम सम्पन्न भने हुदैन ।

Advertisement

मिथुन– आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ ।

कर्कट– नया काम सम्बन्धि योजना बनाउदा फाइदा हुन सक्छ, साथै ब्यापारब्यवसाय बाट पनि लाभ मिल्ने देखिन्छ ।

सिंह– स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोटपटकको भय पनि छ ।

कन्या– विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।

तुला– परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ, कृषिकार्यबाट पनि फाइदा लिन सकिन्छ ।

वृश्चिक– विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान पाइने समय छ।

धनु– स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला ।

मकर– परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ, आज कसैबाट समर्थन एवम धन पाइने दिन छ ।

कुम्भ– आज तपाइलाइ अनौठो तरिकाबाट धनलाभ हुन सक्छ, परिवारबाट सुखको अनुभुति पनि मिल्ला ।

मीन– हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!