काठमाडौं । राष्ट्रपति विद्या भण्डारी भारत भ्रमणमा जानेदिन सोमबार सरकारले सार्वजनिक विदा दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले सोमबार एकदिन विदा दिने निर्णय गरेको हो ।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारी ३४ सदस्यीय टोलीसहित भारतको औपचारिक भ्रमणमा जाँदैछिन् । भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, शान्तिमन्त्री सीतादेवी यादव लगायत छन् ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले उनको भारत भ्रमणको तालिका स्वीकृत पनि गरेको छ ।

भण्डारी राष्ट्रपति भएपछि यो पहिलो विदेश भ्रमण हो ।

राष्ट्रपति भण्डारीले भारत बसाईको क्रममा समकक्षी प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग शिष्टाचार भेट गर्नेछिन् । राष्ट्रपति भण्डारी भारतमा हुने विभिन्न स्वागत समारोहमा सहभागी हुनेछिन् । उनले गुजरात र उडिसा राज्यको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

यसअघि राष्ट्रपति भण्डारीको औपचारिक निमन्त्रणामा भारतका राष्ट्रपति मुखर्जीले गत कात्तिक २७ देखि २९ गतेसम्म नेपालको भ्रमण गरेका थिए । मुखर्जीको नेपाल भ्रमणमा पनि सरकारले सार्बजनिक विदा दिएको थियो ।  त्यसलगत्तै ‘लम्पसारवाद’ भनेर सरकारको आलोचना भएको थियो ।-अनलाइनखवर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!