रौतहट, १४ चैत। रौतहटको चन्द्रपुर–६ बजारस्थित राहुल हार्डवेयर तथा फर्निचर पसलमा भिषण आगलागी भएको छ। उद्योग वाणिज्य संघ चन्द्रनिगापुरका महासचिवको हार्डवेयर पसलमा बुधबार बिहान सात बजेबाट आगलागी भएको हो।

Advertisement

आगो नियन्त्रणका लागी चन्द्रपुर, गौर र हरिऔनका पाँच बारुणयन्त्र परिचालित भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ। स्थानीय बासिन्दा र प्रहरी पनि आगो नियन्त्रणमा जुटिरहेका छन्।

विद्युत सट भएर आगलागी भएको हुनसक्ने प्रहरीको आशंका छ। आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। क्षतिको थप बिवरण प्राप्त हुन सकेको छैन।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!