बलिउड नायिका ऐश्वर्या राय बच्चनको सुन्दरता र पर्सनालिटीले प्रयालाई आकर्षित गर्ने गर्छ । यतिबेला एश्वर्या छोरी आराध्या र पति अभिषेक बच्चनका साथ अष्ट्रेलियाको सिड्नीमा छिन् ।

Advertisement

सोही क्रममा नायिका ऐश्वर्याले सामाजिक सञ्जालमा चलेको ह्यास ट्याग मी टु अभियानलाई समर्थन गरिरहेका छन् । यो अभियानअन्तर्गत संसारभारका महिलाहरुले यौन दुव्र्यबहारका घटनासेयर गरिरहेका छन् ।

हलिउड, बलिउडका सेलिब्रिटिहरुले यौन दुव्र्यहारबारे सनसनीपुर्ण खुलासा गरेका छन् । यस अभिानबारे कुरा गर्दै ऐश्वर्याले भनिन्,  यो अभियानमार्फत आएका मुद्धाहरुमा धेरै चर्चा भईरहेको छ ।

मान्छेले आफ्नो अनुभव सार्वजनिक गरिरहेका छन् । सबैभन्दा सुन्दर कुरा त यो छ कि सबैले यसबारे खुलेर कुरा गरिरहेका छन् । यो अभियानले संसारको कुनै पनि कुना नछुटाओस् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!