- देवकला कार्की/संगालोखबर

धनकुटा, १३ चैत । धनकुटामा सिद्धार्थ वैंकको ७४ औं शाखा विस्तार भएको छ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग र सिद्धार्थ बैंकका केन्द्रिय सञ्चालक समिति सदस्य नरेन्द्रकुमार अग्रवालले रिवन काटेर संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् ।

शाखा उद्घाटन गर्दै नगर प्रमुख तामाङ्गले वैंक स्थापना भएपछि जिल्लाबासीलाई आर्थिक कारोवारमा सहज भएको बताउँदै वैैँकले लगानी गर्दा लगानी क्षेत्रलाई पहिचान गरि प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

वैंक तथा वित्तिय संस्थामा लगानी र निक्षेपमा फरक हुने गरेको उल्लेख गर्दै उनले लगानी गरेको पुँजीले आर्थिक समृद्धि हुनुपर्ने वताए । नगर प्रमुख तामाङ्गले कर्जा प्रवाह गर्दा त्यसले दिने प्रतिफलको वारेमा पनि ध्यान दिनुपर्ने आवश्यकता पनि औल्याए ।

उद्घाटन कार्यक्रममा धनकुटा नगरका उपप्रमुख शकुन्तला वस्नेत, मोरङ्ग उद्योग बाणिज्य सघंका भोलेश्वर दुलाल, सिद्धार्थ वैंक सञ्चालक समिति सदस्य नरेन्द्रकुमार अग्रवाल लगायतले बोलेका थिए ।

यस्तै सिद्धार्थ वैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले वैंकले उत्पादनशिल क्षेत्रमा लगानी गर्दै जाने जानकारी दिए । वैंकले जिल्लाका उद्योगी, व्यवसायी, किसान लगायतलाई ध्यानमा राखेर सेवाप्रवाह गर्ने उनले बताए ।

नेपाल राष्ट्र वैँकवाट ‘क’ वर्गको ईजाजतप्राप्त सिद्धार्थ बैंकले गत साउन १५ गतेदेखि धनकुटामा शाखा सञ्चालन गरी कारोवार गर्दै आएको भएपनि औपचारिक उद्घाटन भने आठ महिना पछि गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!