मेष– काममा विलम्ब र चुनौती सामना गर्नुपर्ला। मानहानि वा अपयश समेत सम्भावना छ। आर्थिक अभावले सताउनेछ।

वृष– मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ। तर्कशक्ति बढ्नेछ। कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ।

Advertisement

मिथुन– मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ ।

कर्कट– आफन्तजनसँगै मनमोटाव बढ्न सक्छ। नसा, वा जोर्नीसम्बन्धी समस्याले पनि सताउन सक्छ।समय प्रतिकूल रहनेछन्।

सिंह– कृषि र व्यवसायमा उन्नति हुनुका साथै मनग्ये धन कमाउने अवसर जुट्नेछ। नयाँ नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ।

कन्या– विशेष अध्ययनका लागि विदेशयात्रा सम्मको योग छ। साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिने समय छ।

तुला– सोचने शक्तिबढने छ । कुराकाटनेहरु प्रसम्सा गर्न थालने छन, अन्न तथा धनको पनि वृद्धि हुनेछ ।

वृश्चिक– सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ, घरमा सामान्य मनमुटाव होला । ।

धन’– सन्तानबाट लाभ र सुख मिल्नेछ। दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन्। प्रेम वा दाम्पत्यमा आत्मीयभाव बढ्नेछ।

मकर– उद्योगधन्दा र रोजगारीका लागि विभिन्न अवसर आउनेछन्। धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ।

कुम्भ– पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। यात्रा फलदायी बन्नेछ र काममा उत्साह जाग्नेछ।

मीन– विशवासपात्रले धोका दिनेछन्। वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् । श्रम र उत्पादनको राम्रो मूल्य नपाइएला।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!