उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) - नेपाली पात्रो
वि.सं. २०७४ साल चैत ७ गते। बुधबार। इश्वी सन् २०१८ मार्च २१ तारिख। नेपाल संवत् ११३८ चौलाथ्व। चैत्र शुक्लपक्ष। तिथि– चतुर्थी, १५:५० बजेउप्रान्त पञ्चमी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। परिवारजनबाट टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। तापनि, समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। चुनौती पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
मिहिनेतले आम्दानी बढाउनेछ। आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। तर आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। प्रतिफल हातपार्न केही समय लाग्नेछ। जिम्मेवारी भने बढिरहनेछन् तर आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहे पनि गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। तर आलस्य गर्ने बानीले उपलब्धि गुम्ने सम्भावना देखिन्छ, सजग रहनुहोला। बुद्धिको उपयोगले मात्र लक्ष्य प्राप्त हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। अरूका काममा धेरै समय खर्चनुपर्ला। विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्यामा अल्झनुपरे पनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइनेछ। शुभचिन्तकहरूको साथले कर्मयोग बलियो रहनेछ। तर अरूको भर पर्दा काम अधुरो रहन सक्छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। तर, विचार नमिल्नाले अाफन्तसँग मतभेद हुन सक्छ। वादविवादले साथीभाइमा फाटो ल्याउनेछ। निम्तो अाए पनि अातिथ्य खर्चिलो बन्न सक्छ। भेटघाटले काममा अलमल्याउन सक्छ। तापनि मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ। व्यवसायको सन्दर्भमा यात्रा गर्नुपर्ला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
प्रतीक्षित नतिजाले उत्साह बढाउनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम थालनी हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। व्यापार-व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला। तापनि निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बनाउन सकिनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
बेसुरमा वचन दिने बानीले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। ईर्ष्या गर्नेहरूले बिनाकारण दु:ख दिन सक्छन्। मान्यजनसँग असमझदारी बढ्नेछ भने हठ गर्ने बानीले पनि समस्या निम्त्याउनेछ। आसलाग्दो काम बिग्रनाले मन खिन्न हुनेछ। बेलैमा सजग नबन्दा व्यवहारमा दुःख पाइनेछ। अरूको सुझावमा भर नपर्नुहोला। महत्वाकांक्षी योजना पनि तत्काल सार्वजनिक नगर्नुहोला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मिहिनेत परे पनि गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरू जुट्नेछन् भने प्रतिद्वन्द्वीलाई हराउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा राम्रो फाइदा हुनेछ। मिहिनेतले दैनिकीमा राम्रै परिवर्तन ल्याउनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा पनि प्रगति हुनेछ। मान-सम्मान प्राप्त हुने समय छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!