मेष– प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। रमाइलो यात्राको अवसर जुट्न सक्छ। भ्रमणका बीच मानसम्मान पनि प्राप्त हुने समय छ।

वृष– तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला। प्रयत्न गर्दा अध्ययनका लागि विदेशयात्रा सम्भावना छ।

Advertisement

मिथुन– सहयोगीहरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ। सन्तानबाट फाइदा र सुख मिल्ने योग छ। रोकिएका काम सुरु हुनेछन्

कर्कट– धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ। घरखर्च पनि बढ्नेछ। ठूलो लगानीबाट कममात्र फाइदा हुनेछ।

सिंह– व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुनेछ। साथीभाइले साथ दिनेछन्। पढाइमा अनुकूल समय छ।

कन्या– साझेदारीमा पनि सम्बन्ध बिग्रनाले यदाकदा अप्ठ्यारोमा परिनेछ ।परिश्रमबाटै घर–जग्गा वा स्थिर सम्पत्ति जोड्ने समय छ।

तुला– बुद्धिको उपयोगले काम लिने समय छ। प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ।

वृश्चिक– भाग्य बलवान् रहनेछ। रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ। व्यवसायमूलक भ्रमण गर्ने समय छ।

धन’– अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ।

मकर– पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला। कर्मयोगमा अभिवृद्धि हुनेछ ।

कुम्भ– प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ। विभिन्न उपहार समेत पाइएला। आतिथ्यपूर्ण सम्मान पाइनेछ।

मीन– आँटले जटिल कामसमेत सम्पादन हुन सक्छ। आस मारेको काम बन्नाले उत्साह बढ्नेछ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!