काठमाडौं । गायक रामकृष्ण ढकालको गीत सुनेर मनोरञ्जन लिने दर्शकका लागि खुसीको खबर छ । उनकै स्वरमा सजिएको एउटा सुमधुर गीत बजारमा आएको छ । उक्त गीतको भिडियो पनि युट्युवबाट सार्वजनिक भएको छ ।

Advertisement

‘म हुरीमा दियो जलेको देख्छु….बोलको गीतमा ढकालको स्वर रहेको छ भने रमेश बिजीको शब्द रहेको छ । राजेश थापाको संगीतमा तयार भएको उक्त गीतमा बिन्दवासिनी म्युजिकले बजारमा ल्याएको छ ।

गीत केबल मनोरञ्जनमा सिमित हुनहुन्न भन्ने मान्यता राख्छन् ढकाल । यस अर्थमा यो गीत पनि अन्यको तुलनामा फरक छ । यहाँ केबल सस्तो माया प्रेमको कुरा मात्रै छैन । सम्बन्धका विविध आयामहरुवारे चर्चा गरिएको छ ।

रामकृष्णको अतिरिक्त निराजन थापा, पूजा गीरि, बबिन पौडेलको अभिनय गरेको उक्त भिडियोका निर्देशन निकेश खड्काले गरेका छन् ।- अनलाइन खवर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!