पोखरा, २ चैत ।  नेपाली लोकसाहित्य समाजबाटै हराउदै गएको चासो र चिन्ता बढिरहेका अवस्थामा पृथ्वीनारायण क्याम्पस नेपाली विभागले यसबारे अन्तर्राष्ट्रिय सङ्गोष्ठी गर्ने भएको छ।

समाजको सामूहिक अभिव्यक्तिका रुपमा लिइने लोकसाहित्यले मानिसलाई नैतिकताको बोध गराउँदै राष्ट्रिय एकताको भावना जगाउने भए पनि पछिल्लो समयमा यस्ता साहित्य लोप हुँदैगएका कारण अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्न लागिएको हो।

Advertisement

यही चैत ३ र ४ गते पोखरामा हुने सङ्गोष्ठीमा नेपालका साथै भारत बर्मा, भुटान, बंगलादेश, अमेरिका, जापान, अष्ट्रेलिया, बेलायतलगायतका लोक साहित्यिक अनुसन्धानदाताले २१ वटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम संयोजक प्राडा कुशुमाकर न्यौपानेले जानकारी दिए।

जाति विशेषका कम शिक्षित समुदायमा प्रचलित लोकप्रिय रीतिस्थिति, परम्परा, संस्कृतिलगायतको अभिव्यक्ति मानिने लोकसाहित्य समाजबाटै हराउन थालेको उनले बताए।

पृथ्वीनारायण क्याम्पस नेपाली केन्द्रीय विभागका प्रमुख सहप्राध्यापक कृष्णप्रसाद पौडेलकाअनुसार लोकसाहित्यबारे स्कुल, कलेज र विश्वविद्यलायबाटै पठनपाठन, अध्ययन र अनुसन्धान कम हुँदै गइरहेको छ।

“देश विदेशमा लोकसाहित्यको महत्व दर्शाउदै आधुनिक पुस्तामा यसको प्रचारप्रसार, विकास, अध्ययन परम्परा र अनुसन्धानमा एकरुपता ल्याउने उद्देश्का साथ यो गोष्ठी आयोजना गरिएको हो,” उनले भने, “विश्वविद्यालयमा नेपाली साहित्य पढ्ने तथा पढाउने व्यक्तिले अध्ययन गरेको भए पनि तिनको सविस्तार सोलोडोलो अध्ययन हुनसकेको छैन।”

लोकसािहत्य अन्तर्गत लोकगीत, लोकगाथा, लोककबिता, लोक काव्य, लोककथा, उखान टुक्का, गाउँखाने कथा पर्ने गोष्ठीका प्रचारप्रसार उपसमितिका संयोजक सहप्राध्यापक खुमलाल पौडेलले बताए।

नेपालमा लोकसाहित्यको अध्ययनको परम्परा भने लामो समयदेखि हुँदै आएको पाइन्छ। विसं १८३० पूर्वदेखि नेपाली लोकसहित्य अध्ययनको पृष्ठभूमि पाइए पनि यसको व्यवस्थित अध्ययनको क्रम भने विसं २०१० मा प्रकाशित डाँफेचरी पत्रिकाको प्रकाशनबाट शुरु भएको हो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!