दाङ, १५ फागुन । स्वतन्त्रता सेनानी तथा शिक्षाप्रेमी ईश्वरीप्रसाद उपाध्यायको ९३ वर्षका उमेरमा सोमबार निधन भएको छ ।
तुलसीपुर–१२, कचिला निवासी उपाध्याय काँग्रेसका पुराना निष्ठावान् नेता हुनुहुन्थ्यो । उपाध्यायले पञ्चायतकालमा १८ वर्षसम्म साविक उरहरी गाविसको प्रधानपञ्च भएर सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्नुभएको थियो ।
वनगाउँस्थित माध्यमिक विद्यालयलाई १८ बिघा जग्गादान गरेर त्यस भेगको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याउनुभएका उपाध्यायले उरहरी मावि तथा बालमितेरी मावि भोजपुरको स्थापनामा अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो । स्व उपाध्यायका चार छोरा र एक छोरी हुनुहुन्छ ।
उहाँको आज शीतलपुरस्थित घाटमा अन्तिम संस्कार गरिनेछ । उपाध्यायको निधनप्रति काँग्रेसले दुःख व्यक्त गरेको छ । पार्टी सभापति कीर्तिबहादुर खड्काले विज्ञप्ति जारी गरी काँग्रेसले एक निष्ठावान् धरोहर गुमाएको जनाउनुभएको छ ।