काठमाडौं,१४ फागुन । आज प्रधानमन्त्री केपी शर्मा ओलीले  मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । माओवादी केन्द्रका नेता जनार्दन शर्माले एमाले र माओवादीकालाई समेटेर आज मन्त्रिपरिषद् विस्तार हुने जानकारी  दिएका छन ।

Advertisement

फागनु ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले त्यही दिन एमालेबाट २ मन्त्रीलाई शपथ गराएका भए पनि त्यसयता मन्त्रिपरिषद् विस्तार गरि सकेका  छैनन् । मन्त्रिमण्डल विस्तारमा ढिलाइ भइरहेका बेला ओलीले एमाले–माओवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् ।

प्रधानमन्त्री ओली मन्त्रिपरिषद् विस्तारको तयारीमा लागे पनि दुवै पार्टीले अहिलेसम्म मन्त्री छनोट गर्न सकेका छैनन् । मन्त्रीका आकांक्षी धेरै देखिएपछि दुवै पार्टीले संयुक्त बैठक बोलाएका छन् ।

संयुक्त बैठकले मन्त्रीको नाम  टुंगो लगाउने र त्यसपछि दिउँसो ३ बजे मन्त्रीहरुले शपथ लिने एमाले–माओवादीका नेताहरुले जानकारी दिएका छन् । ‘मन्त्रीको अन्तिम टुंगो लगाउन दुवै दलले संयुक्त बैठक बोलाएका छन्, बैठकले नाम टुंग्याएपछि प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद् विस्तार गर्नुहुनेछ’ शर्माले भने ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!