काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आईजीपी प्रकरणमा सर्वोच्च अदालतले गरेको फैसलाको आलोचना भएको छ ।

पार्टी कार्यालय सानेपामा सोमबार बसेको बैठकमा सभापति शेरबहादुर देउवा पक्षीय केन्द्रीय सदस्यहरुले अदालतले कार्यपालिकामाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् । यसरी अदालतको फैसलाको आलोचना गर्नेहरुमा वनमन्त्री समेत रहेका शंकर भण्डारीदेखि पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलसम्म छन् ।

बैठकमा केन्द्रीय सदस्य कमला पन्तले भने शक्ति पृथकीकरणको सिद्धान्त स्वीकार गरिसकेको भन्दै अदालतको मर्यादा राख्नु पर्ने धारणा राखेकी छन् ।

केन्द्रीय सदस्य महेन्द्र यादवले भने, ‘सरकारले गर्ने निर्णयमा अदालतले हस्तक्षेप गर्नु हुँदैन भन्ने केन्द्रीय सदस्यहरुको मत आएको छ ।’

उनका अनुसार कार्यपालिका र न्यायपालिका एकअर्काको सहयोगी हुनु पर्नेमा सर्वोच्चले हस्तक्षेपकारी भूमिका खेलेको केन्द्रीय सदस्यहरुको मत थियो । अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!