काठमाडौं । काठमाडौं ठमेलमा वेवारिसे गोली भेटिएको छ । अमृत साइन्स क्याम्पसबाट ज्याठा जाने बाटोमा फोहोरको थुप्रोमा १९ राउण्ड गोली भेटिएको हो ।

Advertisement

दरवारमार्ग बृतका इन्स्पेक्टर लक्ष्मण सिंहका अनुसार सडक बालवालिकाले फोहोरको थुप्रो भेटिएको प्लाष्टिकको प्याकेट खेलाउने क्रममा गोली भेटिएको हो ।

‘फाहोर उठाउने कन्टेनरका चालकले सडक वालवालिकाले भेटेको प्लास्टिक भित्र गोली देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।’ इन्स्पेक्टर सिंहले भने ।

प्याकेटमा भेटिएको १९ राउण्ड गोली ६.५ क्यालिभरको भए पनि कुन हतियारमा लाग्ने खाल भन्ने परीक्षण पछि मात्रै थाहा हुने प्रहरीले जनाएको अनलाइनखबरमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!