काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई नम्बर प्रदेशमा राजनीतिको नाममा क्रिमिनल (अपराधि)हरु सक्रिय रहेको आरोप लगाएका छन् ।

Advertisement

पार्टी कार्यालयमा हालै मनोनयनमा परेका तराई मधेसका केन्द्रीय सदस्यहरुलाई आज सपथ ग्रहण गराएसँगै बोल्दै ओलीले दुई नम्बर प्रदेशका क्रिमिनलहरुले देशलाई समृद्ध हुन दिन नचाहेको बताए ।

उनले भने , ‘दुई नम्बर प्रदेशमा राजनीतिमको नाममा क्रिमिनलहरु सक्रिय छन् । उनीहरु देशलाई समृद्ध हुन चाहँदैनन् । लोकतान्त्रिक प्रक्रियामा सभा तथा भेला गर्न दिँदैनन् ।’

उनले आपराधिक मानसिकता बोकेकै हरुले वितमा गौर, पोखरिया, सप्तरी हत्याकाण्ड जस्ता हत्याकाण्ड गराएको बताए । ‘अपराधीहरु शान्तिपूर्ण सभा गरेको ठाउँमा हमला गर्न आउँछन् । यस्तो कुनै राजनीतिक दलले गर्ने क्रियाकलाप होइन, यो सबै क्रिमिनलहरुले गर्ने काम हो ।’

उनले एमालेको नीति, विचार र सिद्धान्त ठीक भएको भन्दै स्थानीय तहको चुनावमा एमालेलाई कसैले रोक्न नसक्ने दाबी गरे ।

यस्तै ओलीले देशको परिस्थति अठ्यारोमा रहेको र मधेसमा एमाले विरुद्ध भ्रम छर्ने काम भएकाले त्यसलाई चिर्ने गरी खटिन मधेसी केन्द्रीय सदस्यहरुलाई निर्देशन दिए । रातोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!