- प्रेम देवान/संगालोखबर

विराटनगर । आदिवासी जनजाति समुदायको एक मात्र सरकारी निकाय आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेजी गर्ने प्रक्रियाको विरोधमा शनिवार विराटनगरमा मानव साङ्गो निकालिएको छ ।

मोरङका आदिवासी जनजाति सामुदायले बिरोध स्वरुप मानव साङ्गो प्रदर्शन गरेका हुन । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् मोरङ र नगर परिषद् विराटनगरले संयुक्त रुपमा आयोजना गरेको मानव साङ्गोमा करिव एक हजार मानिस सहभागि भएको मोरङ अध्यक्ष मिलन कुमार राईले जानकारी दिए ।

मोरङका २२ वटा जातिय संस्थाका प्रतिनिधिहरुले निकालेको मानव साङ्लोले जिल्ला प्रशासन कार्यालय देखि गोल्छा चोक, वडा प्रहरी कार्यालयसम्म ढाकेको थियो । उनीहरुले दुई घण्टा मानव साङ्गो बनाएर प्रतिष्ठान खारेजको विरोध गरेका थिए ।

संविधान संशोधन, स्थानीय तहमा आदिवासी जनजातिको ऐतिहासिक थलो किटान गरी विशेष स्वायत र संरक्षित क्षेत्र निर्धारण तथा सयुक्त राष्ट्रसंघको घोषणापत्र अनुसार आफ्नो अधिकार सुनिश्चित गर्न आदिवासी जनजातिहरुले सरकारसमक्ष माग गर्दै आएका छन ।

मानव साङ्लोका तस्वीरहरु हेर्नुहोस्…

तस्वीरहरु: प्रेम देवान/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!