फेसबुक प्रयोगकर्ताहरुले अब आफ्नो डेस्कटप तथा ल्यापटपको माध्यमबाट समेत लाइभ प्रशारण गर्न सक्नेछन् । यसका लागि तपाइँको कम्प्युटरमा केवल वेबक्याम हुनु जरुरी हुनेछ ।

Advertisement

बुुधबार फेसबुकले आफ्नो एक ब्लगमार्फत यस्तो जानकारी दिएको हो । ब्लगमा लेखिएको छ की डेस्कटपबाट फेसबुक लाइभ गर्ने सुविधा पहिले केवल फेसबुक पेज हुनेहरुका लागि मात्र उपलब्ध थियो, तर अब जो सुकै प्रयोगकर्ताले डेस्कटपबाट फेसबुकमा लाइभ गर्न सक्छन् ।

यसका लागि स्टाटस अपडेट कम्पोजरमा रहेको लाइभ बटनमा क्लिन गर्नुपर्नेछ ।

फेसबुकले यसका साथै एक नयाँ फिचर पनि थप गरेको छ जसबाट स्ट्रिमिंग सफ्टवेयर वा कुनै अन्य एक्सटर्नल सफ्टवेयरको मद्धतबाट लाइभ हुने सुविधा पनि रहनेछ ।

फेसबुकले पोष्टमा लेखेको छः यस अपडेटबाट प्रयोगकर्ताले आफ्नो फेसबुक लाइभ भिडियोमा स्क्रिन शेयर गर्न सक्नेछन्, ग्राफिक्स थप गर्न सक्नेछन, क्यामरा स्विचर गर्न सक्नेछन् वा प्रोफेसनल उपकरणको प्रयोग गर्न सक्नेछन् ।

साथै यस अपडेटद्धारा तपार्इं आफ्नो कम्प्युुटरमा खेलिने गेम्स समेत आफ्नो साथी तथा फलोअर्सको साथ लाइभका माध्यमबाट शेयर गर्न सक्नुहुनेछ । एजेन्सी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!