प्युठान । प्युठानको भिङ्ग्रीमा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई महिलाको अवस्था गम्भीर रहेको प्युठानका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

Advertisement

स्वर्गद्वारी दर्शनका लागि ललितपुर सातदोबाटोबाट गएको बा ८ च १५६१ नम्बरको जीप आज बिहान पौने ८ बजे सडकबाट करिब १५० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो ।

 मृत्यु हुनेमा ५ महिला र १ पुरुष रहेका छन् । दुर्घटनामा २ महिला र सवारी चालक गरी तीन जना घाइते भएका छन् ।

घाइते चालक ललितपुर जिल्ला गोठीखेल २ का २१ वर्षीय सरोज घले र एक महिलाको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा उपचार भैरहेको छ । एक महिलालाई त्यहाँबाट बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।

जीपमा ९ जना यात्रु सवार थिए  । दुर्घटनास्थलबाट स्वर्गद्वारी आश्रम तीन किलोमिटरको दूरीमा पर्छ ।

मृतकको सनाखत हुन नसकेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!