- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा सदरमुकामको सल्लेरी राष्ट्रिय बन ब्यवस्थापन गरिने भएको छ । सल्लेरी बन ब्यवस्थापनका लागि बिहिवार देखि बनका पुराना रुखहरु फडानी गर्न थालिने जिल्ला बन कार्यालयले जनाएको छ ।

बन कार्यालयले बुधवार कार्यक्रम आयोजना गरी जिल्लाका सरोकारवालाहरुलाई बन ब्यवस्थापन कार्ययोजना कार्यान्वयनको बिषयमा जानकारी गराएको छ ।

धनकुटा बजारसँगै देखिएको सल्लेरी बन । तस्वीर-रबिन कटेल/संगालोखबर

कार्यक्रममा जिल्ला बन अधिकृत कृष्णप्रसाद वस्तीले बन ब्यवस्थापन योजना अनरुप बनमा भएका पुराना रुखहरु हटाएर नयाँ बिरुवा रोप्ने तयारी भएको जानकारी दिए ।

जिल्ला बन कार्यालयले बनको रुख बिक्रिका लागि २८ लाखमा ठेक्का सम्झौता गरेको छ । सल्लेरी बनमा ९२ प्रतिसत खोटेसल्ला छन भने ८ प्रतिसत चिलाउँने, उत्तिस, सिमल, शिरिष लगायत प्रजातिका रुख रहेका छन ।

धनकुटा नगरपालिकाको ४ र ६ नम्बर वडामा रहेको उक्त बन ४३ दशमलव ७३ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!