काठमाडौं । नेपालमा पहिलो पटक रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१८ को कोरियन भाषा परीक्षाको लागि अनलाइन फारम आजदेखि फारम खुला भएको छ ।  फारम भर्नका लागि ग्लोबल आइएमइ बैंकमार्फत शुल्क तिर्नुपर्ने हुन्छ ।

रोजगारीका लागि आकर्षक गन्तव्य भएको कोरियामा रोजगारीका लागि घन्टौं लाइनमा बसेर आवेदन दिने गरेका थिए । गतवर्ष झण्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए । यो वर्ष करिब ८० हजार युवाले इपीएस परीक्षा दिने अनुमान गरिएको छ ।

अनलाइनमा फारम भर्न ग्लोबल आईएमई बैंकका तोकिएका शाखामा आवेदन शुल्क २४ अमेरिकी डलर पहिले नै बुझाउनु पर्नेछ । बैंकबाट रकम जम्मा गरेको भौचरक नम्बर राखेपछि मात्रै अनलाइन फारम भर्न सकिनेछ । साथै फारम भर्दा एमआरपी अनिवार्य हुनुपर्छ ।

कोरिया ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसार बुधबार बिहान ९ बजेदेखि अनलाइन आवेदन फारम खुला हुनेछ। यसरी खुला भएको अनलाइन आवेदन फारम यही चैत १८ गते राति १२ बजेसम्म भर्न पाइनेछ । शाखाले अनलाइन फारम भर्दा कुनै समस्या नहोस् भनी आठ जनाभन्दा बढी इन्जिनियर २४ सै घन्टा सम्पर्कमा राख्ने भएको छ ।

शाखाले वैदेशिक रोजगार विभाग, शाखा, सफ्टवेयर ह्याङगर, ग्लोबल आईएमई बैंक, बल्र्ड लिंक र सुबिसु इन्टरनेट प्रदायक कम्पनीका इन्जिनियरको सहयोगमा अनलाइन प्रणाली विकास गरेको हो। तर, प्राविधिक काममा केही समस्या आए पनि तत्कालनै समाधान हुने खतिवडाको भनाइ छ ।

फारम भर्नका लागि इमेल आईडी पनि आवश्यक पर्छ। परीक्षा आवेदन फारम भर्नेको प्रवेशपत्र इमेल आईडीमै आउने छ। जसलाई रंगीन प्रिन्ट गरेर परीक्षा दिन जाँदा लैजानुपर्छ । परीक्षा दिन जाँदा सक्कल एमआरपी पनि लैजानुपर्छ ।

नेपालबाट सन् २००८ देखि इपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ ।

परीक्षा २०७४ जेठ २७ र २८ गते हुने तय भएको छ। कोरियाले सन् २०१८ मा कृषि क्षेत्रमा काम गराउन ६ हजार र उत्पादनमूलक क्षेत्रमा काम गराउन चार हजार कामदार लैजान यस अघिनै निर्णय गरिसकेको छ । परीक्षा स्थल र समय भने २०७४ सालको जेठ १९ गते सार्वजनिक हुनेछ ।

एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउनेछ । जुन क्षेत्रका लागि परीक्षा आवेदन र्फम भरेको हो भाषा परीक्षा उत्तीर्ण भएपछि त्यही क्षेत्रमा मात्र रोजगार आवेदन फाराम भर्नुपर्नेछ । उत्पादनमुलक क्षेत्रमा र्फम भर्नेले तीन उपक्षेत्र र कृषि तर्फ दुई उपक्षेत्र छनौट गर्नु पर्नेछ । सेतोपाटी

अनलाइन फारम भर्न  www.eoers.epsnepal.gov.np/ मा जानुपर्छ ।

यसरी भर्नुहोस्

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!