मेष– आकस्मिक खर्च बढ्नेछ । अर्थ अभावले बन्न लागेको काम स्थगित हुने देखिन्छ ।

वृष– आश्वासन दिनेहरूले झुक्याउन सक्छन, भोतिक साधनको क्षति हुने समय छ ।

Advertisement

मिथुन– श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ । लगनशीलताले काममा उत्साह जगाउनेछ ।

कर्कट– सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पुरा हुनेछन ।

सिंह– विवादमा परिनुका साथै सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् ।

कन्या– आफन्तहरू टाढिनेछन् भने सहयोगीहरूले समेत साथ छाड्ने देखिन्छ ।

तुला– मान सम्मान र प्रतिष्ठा कमाउने बेला छ । राजनीति र नोकरीमा पनि प्रसिद्धि बढने समय छ ।

वृश्चिक– दिगो फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । साथै रोकिएका काम बन्नेछन् ।

धनु– मौसमी रुघाखोकी, टाउको तथा आँखासम्बन्धी समस्याले सताउन सक्छ । सावधान रहनु होला ।

मकर– टाढाका शुभचिन्तकहरूले साथ दिनेछन् । कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट हुनेछ ।

कुम्भ– समय लाभदायक देखिन्छ । व्यावसायिक काममा प्रशस्त फाइदा हुनेछ ।

मीन– व्यवसायबाट सोचेको लाभ मिल्नेछ । अरूको मन जितेर अवसर हात पार्न सकिनेछ ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!