- संगालोखबर सम्वाददाता

धनकुटा । होमियोप्याथिक चिकित्सा पद्धतिलाई अन्य चिकित्सा पद्धति सरह मान्यता दिन माग गर्दै होमियोप्याथिकका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन । अन्य चिकित्सा पद्धति सरह मान्यता नदिएर बिभेद गरेको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन ।

होमियोप्याथिक चिकित्सा बिकास तथा बिस्तार केन्द्रिय संघर्ष समितिले धनकुटामा पत्रकार सम्मेलन गरी होमियोप्याथिकको वेग्लै बिभाग बनाउँन माग गरेको छ । आफ्नै मुल्य मान्यता र सिद्धान्तमा चल्ने होमियोप्याथिक चिकित्सालाई आफ्नै काउन्सिल गठन गरिनुपर्ने माग गरेको हो ।

Advertisement
पत्रकार सम्मेलनमा बिज्ञप्ति वाचन गर्दै संघर्ष समिति संयोजक डा.कटुवाल । तस्वीर-संगालोखबर

पत्रकार सम्मेलनमा संघर्ष समिति संयोजक डा.खगेन्द्र कटुवालले सरकारले होमियोप्याथिक चिकित्सा पद्धतिलाई ओझेलमा पारेको आरोप लगाए । होमियोप्याथिक चिकित्सा पद्दतीको अध्ययनका लागि राज्यले अनुमती दिएपनि अन्य चिकित्सा पद्धति सरहको बिकासका लागि राज्यले बेवास्ता गरेकाले संघर्षमा उत्रनु परेको संयोजक डा.कटुवालले बताए ।

संघर्ष समितिले स्वास्थ्य मन्त्रीलाई पठाएको ज्ञापन-पत्र ।

अन्य चिकित्सा पद्धति सरह महत्वपूर्ण भएतापनि सरकारको कमजोरीका कारण होमियोप्याथिक चिकित्सा पद्धतिको बिकासले गति लिन नसकेको उनको भनाई छ ।

यसैवीच सोही बिषयमा सोमवार जिल्ला प्रशासन कार्यालय धनकुटा मार्फत स्वास्थ्य मन्त्रीलाई ज्ञापन–पत्र पठाईएको छ । संघर्ष समिति संयोजक डा.कटुवालले सहायक प्रमुख जिल्ला अधिकारी डा.कृष्ण बहादुर घिमिरे मार्फत स्वास्थ्यमन्त्री गगन थापालाई ज्ञापन–पत्र पठाएका हुन ।

यता स्वास्थ्य राज्य मन्त्रीका स्वकीय सचिव श्याम निरौलालाई पनि ज्ञापन–पत्र हस्तान्तरण गरी माग संवोधन गर्न दवाव दिईएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेलाई ज्ञापन पत्र-हस्तान्तरण गर्दै संघर्ष समिति संयोजक डा.कटुवाल ।

सरकारले माग पुरा नगरेमा देशभरका करिव २ हजार होमियोप्याथिक स्वास्थ्य सस्था र त्यसमा कार्यरत स्वास्थ्यकर्मीहरुको भविश्य अन्यौलमा पर्ने भएकाले माग संवोधनमा गंभीर हुन सरकारलाई आग्रह गरिएको छ ।

माग पुरा गर्न सरकारले वेवास्ता गरेमा मन्त्रालय घेराउ, तालाबन्दी लगायत आन्दोलन सुरु गर्ने संघर्ष समितिले चेतावनीसमेत दिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!