मेष– रुपैयापैसा कमाउने बेला छ । सोच्दै नसोचेको काम सम्पादन हुने समय छ ।

वृष– सोचेभन्दा बढी नै लाभ हुने समय छ । साझेदारी काममा विशेष लाभ मिल्नेछ ।

Advertisement

मिथुन– सामाजिक क्षेत्रमा अग्रसर हुने दिन छ, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ ।

कर्कट– अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। मौकाको फाइदा उठाउन नसकिएला।

सिंह– होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् ।

कन्या– व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला ।

तुला– प्रतिष्ठा कमाउने काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ ।

वृश्चिक– भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् ।

धनु– ब्यावसायिक काममा राम्रै फाइदा मिल्नेछ । लामो समयदेखि रोकिएको काम बन्नेछन् ।

मकर– आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।

कुम्भ– शुभचिन्तकहरूको सुझावलाई ेवास्ता नगर्दा दुःख पाइनेछ । परिवारजनबाट टाढिनुपर्ला ।

मीन– खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । प्रयत्न गर्दा पनि उपलब्धि हासिल गर्न गाह्रो पर्ला ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!