मेष– व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ ।

वृष– व्यापार–व्यवसायमा फाइदा होला । काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ ।

Advertisement

मिथुन– विचार नपुर्याई बोल्नाले समस्या उत्पन्न गर्न सक्छ । सामाजिक प्रतिष्ठा मिल्नेछ, गरेका कामको प्रशंसा हुनेछ ।

कर्कट– पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ । टाढिएका सहयोगीहरूको साथ पनि मिल्नेछ ।

सिंह– आम्दानी बढ्ने समय छ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला ।

कन्या– काम बने पनि बोझ र जिम्मेवारी थपिन सक्छ । सुखदुःखमा साथ दिनेहरू भने भेटिनेछन् ।

तुला– स्वास्थ्य कमजोर रहे पनि काममा परिस्थितिले साथ दिनेछ । अरूका काममा समय खर्चनुपर्ला ।

वृश्चिक– काममा अलि प्रतिस्पर्धा गर्नुपर्ला । केही चुनौतीसमेत देखापर्नेछन् । कोसिस गर्दा केही अवसर मिल्न सक्छ ।

धनु– प्रेम र मित्रताको बन्धन कसिनेछ । व्यापारमा पनि फाइदै हुनेछ तर खर्च भने बड्नेछ ।

मकर– व्यावसायिक कामका लागि टाढाको यात्रा सम्भावना छ । आयआर्जन भए पनि चोटपटक लाग्न सक्छ ।

कुम्भ– झमेला, विवाद र चोटपटकको योग छ । आर्थिक अभावले सताउनेछ भने कामको चाप पनि बढ्ने देखिन्छ ।

मीन– पठनपाठनमा त्यत्ति ध्यान दिन नसकिएला । काममा समेत केही चुनौती देखा पर्नेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!