मेष– आगो तथा हातहतियार बाट एकदमै सावधान रहनु होला, आज तपाइको कुरा काट्नेहरु सक्रिय रहने छन ।

वृष– जागिरमा आज अनावश्यक झमेलाको सामना गर्नुपर्ने दिन छ, कसैबाट अपमानित पनि भइएला ।

Advertisement

मिथुन– अल्झेको काम बन्नाले मनमा एक किसिमको हर्षउल्लास छाउला, पढाइमा भनि खासै प्रगति हुने छैन ।

कर्कट– अधुराकाम बन्ने तथा नयाकाम पाउने योग छ । कुराकाट्ने हरुको मुखबन्ध हुनेछ ।

सिंह– भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला, मनमा पिडाले डेरा जमाइ शरिरमा रोग लाग्न सक्छ ।

कन्या– महत्वपूर्ण काम धेरै बन्नेछन, लगनशिलता र इमान्दारिताको प्रसम्सा गर्नेहरु पाइएलान, मनमा शान्ति छाउनेछ ।

तुला– आर्थिक क्षेत्रमा प्रशस्त लाभ हुने संकेत छ, ब्यापार, कृषि, तथा बैदेशिक क्षेत्रमा दिन एकदमै राम्रो छ ।

वृश्चिक– व्यापारमा पनि सुधार आउनेछ । यात्राको क्रममा लाभ मिलनेछ, सन्तानबाट पनि सुख पाइनेछ ।

धनु– स्वास्थ्यमा अचानक गडबडीको संकेत गर्दै छ, त्यसले गर्दा रुपैयापैसाको हानी हुन सक्छ ।

मकर– पढाइमा सफलता पाउने आफन्त हरुको सहयोग र बौद्धिक उन्नतिले काममा सफलता मिल्ने छ ।

कुम्भ– आज तपाइको खर्च भन्दा कमाइ नै बढी हुने योग छ, छरछिमेकबाट सरसहयोग प्राप्त होला ।

मीन– नया तथा थालेका कामहरु सहजै वन्न सक्ने दिन छ, काम गर्न मन जानाले चिताएको काम सहजै बन्ला ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!