उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)- नेपाली पात्रो
वि.सं. २०७४ साल पुस २३ गते। आइतबार। इश्वी सन् २०१८ जनवरी ७ तारिख। नेपाल संवत् ११३८ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– षष्ठी, २१:४३ बजेउप्रान्त सप्तमी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अस्वस्थताले केही बाधा पुर्याउन सक्छ। अप्ठ्यारा परिस्थिति सुल्झाउन जुट्नुपर्ला। गुरुजनको सहयोग तथा बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। मध्याह्नदेखि स्थितिमा सुधार हुनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काम पुन: प्रारम्भ गर्न सकिनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। परिस्थिति अलि प्रतिकूल रहनाले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्नेछ। नजिकका साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला। मध्याह्नदेखि स्वास्थ्य चिन्ताले सताउन सक्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन समय लाग्नेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। तर मध्याह्नपछि उपलब्धिका लागि काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
अरूको विषयमा चासो राख्दा नैतिक प्रश्न देखापर्न सक्छ। साझेदारीमा विवाद आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। आलोचकहरूलाई व्यवहारले समेट्ने चेष्टा गर्नुहोला। मध्याह्नदेखि स्थितिमा सुधार हुनेछ। आँटेका काममा सहयोगीहरूले साथ दिनेछन्। अहिले मिहिनेत गर्दा पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
काममा आँट गर्न नसक्दा अरूले फाइदा उठाउन सक्छन्। कमजोर नतिजाले उत्साहमा कमी आउला। समयमा सूचना नहुँदा काममा पछि परिनेछ। आगन्तुकले अलमल्याउन सक्छन्। तापनि मिहिनेत गर्दा बिस्तारै लाभ उठाउन सकिनेछ। मध्याह्नदेखि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पहिलेकै काम दोहोर्याउनुपर्ने पनि हुन सक्छ। अध्ययनमा समय दिन नसकिएला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
काममा लगानी बढाउने समय छ। तत्काल उद्देश्य भने पूरा नहुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। तर, आफन्तजनबाट टाढिनुपर्ने हुन सक्छ। खर्च बढ्नुका साथै अर्थ अभावले सताउनेछ। मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। पारिवारिक जमघटले आनन्द दिलाउनेछ। मिहिनेतले आत्मविश्वास बढाउनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। लाभांश थोरै मात्र प्राप्त भए पनि ऋणमोचन हुने सम्भावना छ। मध्याह्नपछि र्इर्ष्या गर्नेहरूले फसाउन सक्छन्। आफन्तहरू टाढिनेछन्। परिस्थितिवश फजुल खर्च बढ्न सक्छ। समयमा आलस्य गर्दा पछि धोका पाइनेछ। अर्थ संग्रहमा बाधा पुग्नेछ। लगनशील बन्दा नियमित काम सम्पादन हुनेछन्।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। मिहिनेत गर्दा दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। साझेदारीमा फाइदा हुनेछ। मध्याह्नदेखि आयस्रोत बढ्नेछन्। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। व्यवसायमा प्रशस्त लाभ हुनेछ। मनग्गे अर्थ सञ्चय गर्ने समय छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
आफ्नै बेहोसीले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला। अवसरका लागि काम दोहोर्याउनुपर्ने हुन सक्छ। मध्याह्नदेखि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापारमा राम्रो फाइदा हुनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मध्याह्नदेखि सामाजिक उत्तरदायित्व हातलाग्न सक्छ। तापनि अरूका लागि समय खर्चनुपर्ला। नयाँ काम थाल्न केही समय पर्खनुहोला। परिस्थितिले अप्ठ्यारा चुनौतीहरू निम्त्याए पनि मिहिनेतले पछिलाई फाइदा दिलाउन सक्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। परिवारजनको साथले उत्साह जगाउनेछ। दिउँसोदेखि भने सानोतिनो समस्याले अल्झाउन सक्छ। श्रमको कम मात्र मूल्य प्राप्त हुने देखिन्छ। तापनि समस्या दर्साउँदा काममा साथ दिनेहरू भेटिनेछन्।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
हिम्मतले काम लिँदा मनग्गे फाइदा हुनेछ। मिहिनेत गर्दा पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। मध्याह्नपछि प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। कामको चापबाट फुर्सद पाइनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!