संगालोखबर संवाददाता

मणिग्राम,२१ पुस । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा जिल्लास्तरीय अन्तरकलेज फूटबल प्रतियोगिता शुरू भएको छ । शुक्रबार भएको उद्घाटन खेलमा प्यारामाउण्टका विरूद्ध आयोजक राममणिको सेतो समूह विजयी भएको छ ।

Advertisement

राममणि सेतोले प्यारामाउण्टलाई शुन्यका विरूद्ध दुई गोल गरेको क्याम्पसका लेखा अधिकृत उमेशकुमार शाहीले जानकारी दिए । त्यसअघि शुक्रबारै आयोजित एक कार्यक्रमबीच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेले प्रमुख रेफ्री निर्मल थापालाई बल हस्तान्तरण गरी प्रतियोगिता उद्घाटन गरेका थिए ।

प्रतियोगिता अन्तर्गत शनिबार शान्ति नमूना र शंकरनगर–दुर्गादत्तका बीच प्र्रतिस्पर्धा हुने खेल संयोजन समितिका संयोजक सन्देश रेग्मीले जानकारी दिए ।  प्रतियोगितामा २२ वटा समूहले प्रतिस्पर्धा गर्ने खेल संयोजन समितिका सचिव प्रवेश क्षेत्रीले बताए ।

“राममणिकप चौथो अन्तरकलेज नकआउट फूटबल प्रतियोगिता–२०७४” नाम दिइएको उक्त प्रतियोगिताको पहिलो हुने समूहलाई पच्चीस हजार नगद सहित पुरस्कार तथा पदक र प्रमाणपत्र दिइनेछ । त्यस्तै, दोश्रो हुने समूहलाई पन्ध्र हजार नगद सहित पुरस्कार तथा पदक र प्रमाणपत्र दिइने सह–संयोजक मनोहर गुरूङ्ले जानकारी दिए । आउँदो माघ ९ गते प्रतियोगिताको फाइनल खेल सहित समापन हुनेछ ।

खेल आयोजक मूल समितिका अध्यक्ष जगन्नाथ बस्यालको सभापतित्व तथा सदस्य सचिव मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको उदघाटन कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणीप्रसाद पाठक, क्याम्पस प्रमुख मोहनराज शर्मा, जिल्ला फूटबल संघ रूपन्देहीका अध्यक्ष दीर्घबहादुर के.सी. (कुमार), महासचिव लोक पुन, तिलोत्तमा व्यापार संघका अध्यक्ष जे.पी. कँडेल, तिलोत्तमा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद खरेल, क्याम्पस सञ्चालक समितिका सदस्यहरूः धु्रवकुमार धिताल, यज्ञमूर्ति गैरे, कुलप्रसाद लामिछाने, नारायणप्रसाद रेग्मी, प्राध्यापक संघका सभापति ताराप्रसाद पराजुली लगायतको उपस्थिति रहेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement