हेटौंडा । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ले सप्तरी घटनाले मधेसमा स्थानीय चुनावको सम्भावना घट्दै गएको बताएका छन् । तीन जनाको ज्यान जाने गरी भएको सप्तरी घटनामा सरकार दोषी नरहेको उनले दाबीसमेत गरे ।

Advertisement

प्रेस सेन्टर मकवानपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले सप्तरी घटनाको गम्भीर समिक्षा हुने बताए ।

‘प्रधानमन्त्रीले गोली नचलाउन आदेश दिएका थिए । सरकारको आदेश विना गोली चलाउँदा भएको घटनाबारे गम्भीर समिक्षा हुनेछ,’ पूर्वरक्षामन्त्री समेत रहेका थापाले भने ।

नेकपा एमाले र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले बिना आदेश गोली चलाएकाले सरकारलाई दोष दिन नमिल्ने उनले तर्क गरे ।

उनले संविधान संशोधनपछि मात्र स्थानीय तहको चुनाव गराउनुपर्ने धारणा राखे । त्यसो भएमात्र तराई-मधेसका जिल्लामा चुनाव सम्भव हुने उनको भनाइ थियो । देशमा विकास गर्न तथा संघीयता र स्थायी शान्तिका लागि चुनाव आवश्यक रहेकामा नेता थापाले जोड दिए । अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!