मुम्बई । अभिनेता सञ्जय दत्त पाँच वर्षपछि फिल्ममा फर्किदैछन् । गैर कानुनी रुपमा हतियार राखेको अभियोगमा जेल सजाय भोगेका सञ्जयले बलिउड काफी बद्लिएको पाए । यही विचमा नयाँ हिरो हिरोईनको जमात खडा भएको पनि देखे । यस्तो अवस्थामा सञ्जय दत्तले कस्तो अनुभुति गरेका होलान् ?

सञ्जय भन्छन् ‘पाँच वर्ष साईकल चलाएन भने उसले साईकल चलाउन बिर्सन्छ । अभिनय पनि त्यस्तै हो ।’ वास्तव, सडक, मुन्नाभाई एमबीबीएस जस्ता यादगर फिल्ममा काम गरेका सञ्जय हिन्दी चलचित्र ‘भुमी’ वाट कमब्याक गर्दैछन् ।

बाबु छोरीको सम्बन्ध माथी आधारित यस फिल्ममा सञ्जय बुबाको भुमिकामा देखिँदैछन् भने उनको छोरीको भुमिका अदिति राव हैदरीले निर्वाह गर्ने भएकी छिन् ।

सञ्जय आफैं छोरीको बुबा हुन् । बाबु छोरीको सम्बन्धवारे उनी जानकार छन् । उनकी ठूली छोरी त्रिशाला फिल्ममा आउने योजनामा छिन् ।

तर, सञ्जयले आफ्नी छोरी तत्काल फिल्ममा आउन असम्भव नभएको बताए । ‘अभिनय सजिलो काम होईन, उनले अभिनय गर्नु अघि हिन्दी सिक्नु जरुरी छ ।’ उनले भने ‘त्रिशाला विज्ञानकी विद्यार्थी हुन् । उनले पठाई पूरा गर्नु छ । यदि पढाई पुुरा नगरी फिल्ममा आइ भने म खुट्टा भाँचिदिन्छु ।’

यति भन्दा भन्दै नारी स्वतन्त्रताको कुरा पनि गरे उनले । आज हरेक पुरुषले महिलालाइ कमजोर सम्भिmने गरेको उनको बुझाई छ । आफुले चाहेको कपडा लगाएर हिँड्दैमा महिला स्वतन्त्र भएको टिप्पणी गर्न नहुने उनको भनाई थियो । अनलाइन खवरमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!