मेष– पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ। केही नोक्सानी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा मनग्य लाभ हुनेछ।
वृष– तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ। अवसर प्राप्त भए पनि काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला।
मिथुन– रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ।
कर्कट– दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग नजिकिन सक्छन्।
सिंह– सामान्य आम्दानी भइरहे पनि अर्थ अभावले सताउन सक्छ। छर–छिमेकमा असमझदारी बढ्न सक्छ। बलजफ्ती गर्दा काम बिग्रन सक्छ ।
कन्या– व्यापारमा ठूलो उपलब्धि हासिल गर्न नसकिएला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला।
तुला– सन्दर पहिरनमा सजिएर बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ। मेहनत गर्दा पहिले रोकिएको प्रतिफल प्राप्त हुनेछ।
वृश्चिक– समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन्।
धनु– आज आफ्ना नातेदारहरुसंग झै झगडा पर्न सक्छ, आर्थिक समस्या पनि पर्न सक्छ, साथै सवारीसाधन चलाउदा पनि सावधान रहनु होला ।
मकर– आफ्ना विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन्। मान–सम्मानपाइनेछ तर पनि गरि रहेको काममा केहि समस्या पर्न सक्छ ।
कुम्भ– विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ।
मीन– नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउनेछन्। प्रशंसकहरू बढ्नेछन् भने नाम, दाम र इनाम हातपार्ने समय छ।
ज्यो.प.तुलसी भारद्वाज















