वि.सं. २०७३ साल फागुन २० गते। शुक्रवार। इश्वी सन् २०१७ मार्च ३ तारिख। नेपाल संवत् ११३७ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– पञ्चमी, १२:५१ बजेउप्रान्त षष्ठी।
 
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
विभिन्न अवसरले पछ्याए पनि भेटघाटको अलमलले काममा बाधा पुग्नेछ। सोचेको फाइदा उठाउन नसकिएला। समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। अरूको भर पर्दा काममा विलम्ब हुनेछ। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला। चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ। अर्थअभाव खट्किनुका साथै काम दोहोर्याउनुपर्ने हुन सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त होला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साझेदारीबाट पनि लाभ मिल्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। बेसुरमा अरूलाई वचन दिने बानीले आफैंलाई दुःख दिनेछ। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। मिहिनेत गर्दा भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला। अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने हुन सक्छ। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ला। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन्। चिताएको काम रोकिए पनि भाग्यले केही अवसर थमाउनेछ। तारिफयोग्य कामद्वारा धेरैको मन जित्न सकिनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। आँटेका काममा बाधा उत्पन्न हुन सक्छ। उद्देश्यका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। कमजोरीले चिन्ता बढाउन सक्छ। हुलमुलमा धनमाल जोगाउन सचेत रहनुपर्ला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
परिवारजनको साथले उत्साहित भइनेछ। प्रेम वा मित्रताको बन्धन कसिने समय छ। भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम प्रारम्भ गर्न सकिनेछ। आयआर्जन राम्रै हुनेछ। कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ। व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्न सक्छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
आँटेको काम पूरा नभए पनि आंशिक लाभ हुनेछ। थोरै आम्दानी भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। गोपनीयता बाहिरिनाले पनि केही समस्या पर्न सक्छ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। तत्काल लाभ नभए पनि उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। आस मारेको कामले पछि फाइदा दिलाउन सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। परिस्थितिवश तत्काल लाभांश नजुट्न सक्छ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्ला। तर चिताएको काममा विलम्ब हुन सक्छ। समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। पेटको खराबीले कमजोर भइनेछ। पछिका लागि फाइदा भए पनि सोचेको परिणाम तत्काल प्राप्त नहोला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
नयाँ योजना कार्यान्वयनमा ल्याउन केही मिहिनेत गर्नुपर्ला। रचनात्मक कार्यमा जुट्दा फाइदा उठाउन सकिनेछ। मनको डरले सताए पनि व्यवहारमा लाभ हुनेछ। वादविवादबाट टाढा रहनुहोला। बुद्धिको उपयोगले काम सम्पादन हुनेछ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला, चिताएको उपलब्धि प्राप्त हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। स्वास्थ्य कमजोर रहनाले काममा जुट्न नसकिएला। तापनि रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। व्यावसायिक काममा मिहिनेतको फल प्राप्त हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) – नेपाली पात्रो    

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!