- संगालोखबर सम्वाददाता

काठमाडौ । पछिल्लो समय चर्चामा रहेको ‘साइली’ गीतको जवाफ स्वरुप ‘साईला’ गीत सार्वजनिक भएको छ । गीतकार सुष्मा रुपाबुङ राईको शब्द, डी.आर. अटूको संगीत र सुनिता थेगिमको आवाजमा ‘साईला’ गीत सार्वजनिक भएको हो ।

गायक हेमन्त रानाको गीत ‘साइली’ ले धेरै नेपालीको मन छोएर चर्चित बन्यो । प्रवासमा रहेकाहरुको ब्यथालाई मार्मिक रुपमा प्रस्तुत गरिएको यो गीतले बिशेष गरी प्रवासी नेपालीमा प्रभाव जमाएको पाईन्छ । युट्युबमा यसरी भाईरल भयोकी लाइक कमेन्ट र भ्युयर्सको बाढि नै आयो र आइरहेको छ ।

Advertisement

फेसबुकसहित अन्य सामाजिक सञ्जालहरुमा यो गीतले भूकम्पिय तरंगनै ल्याइदियो । यही चर्चित ‘साइली’ गीतले जवाफी गीत जन्माइरहेको छ । धेरैले सुन साइलीको जवाफ भन्दै गीतहरु सामाजिक संजालमा अपलोड गरिरहेका छन् । जवाफि गितहरु आउने क्रममा ‘साईला’ औपचारिक रुपमा सार्वजनिक भएको हो ।

राजधानी स्थित ओपल स्टुडियोमा रेकोर्ड गरिएको उक्त गीतलाई राजु कार्कीले एरेन्ज गरेका हुन् भने रमेश संग्रौलाले लिरिकल भिडियो तयार परेका हुन् । यस गीतको फिचर भिडियो पनि छिट्टै निर्माण हुने गीतकार राईले जानकारी दिईन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!