वि.सं. २०७३ साल फागुन १८ गते। बुधवार। इश्वी सन् २०१७ मार्च १ तारिख। नेपाल संवत् ११३७ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– तृतीया, १६:५८ बजेउप्रान्त चतुर्थी।
 
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
पहिलेका कामबाट सोचेको नतिजा प्राप्त नहुन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। बेलामा होस नपुर्याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन्। साथीभाइसँग असमझदारी बढ्ला। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
आम्दानीका स्रोत फेला पर्नेछन्। कृषि, पशुपालन आदिमा सामान्य फाइदाकै समय छ। तर मनग्य आम्दानी नहुनाले आजको लाभांश सञ्चय नहुन सक्छ। रकम हातलागी भए पनि ऋणभार भने बढ्ने सम्भावना छ। सरसापटमा पनि धन बाहिरिन सक्छ। श्रमको मूल्यांकन भए पनि प्रतिफल तत्कालै नपाइएला। लगानी धेरै लागे पनि कम प्रतिफल पाइनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। कला, साहित्य भ्रमण आदिमा रुचि जाग्नेछ। व्यापार–व्यवसायमा फाइदा हुनेछ। रचनात्मक काम सुरु गर्ने समय छ। विगतको सफलताले हौसला मिल्नेछ। विभिन्न अवसरले पछ्याउनेछन्। दिगो फाइदा हुने काममा जग बसाउने अवसर प्राप्त हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला। श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य नपाइने परिस्थिति छ। मेहनतको उचित मूल्य नपाइएला। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। अस्वस्थताका बीच सामाजिक जिम्मेवारी बढ्नेछ। फाइदा नहुने काममा जुट्नुपर्ने अवस्था देखिन्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आँटेका काममा बाधा उत्पन्न हुन सक्छ। आजको प्रयत्न निष्फल जस्तै होला। कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला। व्यवसायलाई भने निरन्तरता दिन सकिनेछ। हुलमुलमा धनमाल जोगाउन सचेत रहनुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ। विभिन्न सहयोग र उपहार प्राप्त होला। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ। बेसुरमा अरूलाई वचन दिने बानीले भने दुःख पाइनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
मेहनतीहरूका लागि दिन निकै फाइदाजनक रहनेछ। समयमा स्रोतसाधन जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई पनि मेहनतको पाठ सिकाउन सकिनेछ। केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। अध्ययनमा कमजोरी अनुभूति हुनेछ भने परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। अरूकै लागि बुद्धि र श्रम खर्चनुपर्ला। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
अस्वस्थताले आफूलाई कमजोर अनुभूति हुनेछ। काममा ढिलासुस्ती हुन सक्छ। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला। निराश नहुनुहोस्, रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ र लगनशीलताले अवसर दिलाउनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ। चिताएको काम समेत सम्पादन हुनेछ। श्रमबाट धन लाभ हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
विगतका कमीकमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरू भेटिनाले काममा आत्मबल बढ्नेछ। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) – नेपाली पात्रो    

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!