बलिउड नायिका आलिया भट्टको करिअर अहिले चम्किएको छ । एकपछि अर्को सफल चलचित्र र अवार्डले उनको झोली भरिएको छ ।

उनै, आलिया अभिनित चलचित्र ‘बदि्रनाथकी दुल्हनिया’ मार्च १० तारिखबाट रिलिज हुँदैछ । आलिया अहिले यो चलचित्रको प्रचारमा व्यस्त छिन् ।

आलियाका अनुसार उनलाई सानैबाट कमेडी कलाकार बन्ने रहर थियो । आलिया भन्छिन्-‘मलाई सानैदेखि हाँस्य कलाकार बन्न मन लागेको थियो । म चाहन्थे कि, मानिसहरु मलाई हेरुन् र मसँगै हाँसुन् ।’

आलियाका अनुसार, उनी निकै विन्दास यूवती हुन् । उनलाई हाँसो, मजाक खुबै मनपर्छ । आफूले चलचित्रमा पनि आफ्नो यो विन्दास छवि ल्याउन चाहेको उनको भनाई छ ।

धर्म प्रोडक्शनको निर्माणमा बनेको यो चलचित्रमा आलिया र वरुण धवनले पर्दा शेयर गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!