न्युयोर्क – अमेरिकाको निजी रकेट कम्पनी स्पेसएक्सले दुई नागरिकलाई पर्यटकको रुपमा चन्द्रमाको वरिपरी घुम्नका लागि पठाउने बताएको छ ।

पर्यटकहरुले यसअघिनै ‘उल्लेख्य मात्रामा आवश्यक रकम’ प्रदान गरेको बताउँदै स्पेसएक्सका सिइओ एलन मस्कले सन् २०१८ को अन्त्यतिर उनीहरुलाई चन्द्रमामा पठाइने बताएका हुन् ।

Advertisement

‘यसले ४५ वर्षपछि मानिसहरुलाई अन्तरिक्ष फेरि पठाउने अवसर प्रदान गर्नेछ,’ उनले भने ।

नाम सार्वजनिक नगरिएका दुई जना पर्यटकलाई अन्तरिक्ष यानबाट पठाइने बताइएको छ । उक्त यानको यस वर्षको अन्त्यमा मानव विना परिक्षण गरिने छ ।

मक्सले अमेरिकाको नासाको सहयोगमा यो योजना तय भएको पनि जानकारी दिए ।

मक्सले दुवै जनाको नाम खुलाउन मानेनन् । उनले यति मात्र भने, ‘दुवैले एक अर्कालाई चिन्छन् र कोही हलिवुडबाट छैनन् ।’

यही वर्ष उनीहरुको स्वास्थ्य परिक्षण हुने र आवश्यक प्रशिक्षण दिइने पनि उनले जानकारी दिए ।

अर्बपति व्यवसायी तथा आविष्कारक मस्कले दुवै अन्तरिक्ष पर्यटकले चन्द्रमाको वरिपरी चक्कर लगाउने छन् र त्यसपछि अन्तरिक्षमा टाढासम्म यात्रा गर्नेछन् । यो मिसनमा चन्द्रमामा अवतरण गरिने छैन । एजेन्सी

अमेरिकाले सन् १९७० को दशकपछि कुनै पनि अन्तरिक्षयात्रीहरुलाई चन्द्रमामा पठाएको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!