वि.सं. २०७३ साल फागुन १७ गते। मंगलवार। इश्वी सन् २०१७ फेब्रुवरी २८ तारिख। नेपाल संवत् ११३७ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– द्वितीया, १८:३७ बजेउप्रान्त तृतीया।
 
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ। परिवारजनबाट टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। मेहनतअनुसार फाइदा कमै होला। ठूलो प्रयत्न गर्दा पनि तत्काल उपलब्धि हातलागी नहुन सक्छ। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। शुभचिन्तकहरूको सुझावलाई ध्यान दिनुहोला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
सामान्य फाइदा भए पनि आयआर्जनमा लक्ष्य प्राप्त गर्न नसकिएला। विशेष उपायले पनि न्यून लाभ मात्र दिलाउनेछ। सरसापटमा खर्च हुन सक्छ। ईर्ष्या गर्नेहरूले बाधा पुर्याउन सक्छन्। आफ्नो लाभांश अरूले हत्याउने चेष्टा गर्नेछन्। चिताएको काम सजिलै सम्पादन नहुन सक्छ। गोपनीयतामा ध्यान पुर्याउनुहोला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। विशेष काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। मान–सम्मान प्राप्त होला। पुरुषार्थले सम्मानित स्थान दिलाउन सक्छ। नाम, दाम र इनाम समेत हातलागी होला। प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न नसकिएला। जिम्मेवारी भने बढिरहनेछन्। बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। व्यावसायिक काममा पनि खर्च बढ्नेछ। अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला। आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
सानातिना काम तथा घरेलु समस्यामै अल्झनुपर्ला। अर्थ अभावले योजना स्थगित हुन सक्छ। व्यवसायमा लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुन सक्छ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। अध्ययनमा समय दिन नसकिएला। लेनदेनको विवादले हानि पुर्याउन सक्छ। पहिलेका समस्या दोहोरिन सक्छन्। फाइदाका लागि योजना गोप्य राख्नुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले काममा उत्साह जगाउला। मित्रता र प्रेमको बन्धन कसिने सम्भावना छ। अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। रमाइलो यात्रा हुन सक्छ। व्यवहारमा नैतिक संकट भने देखापर्न सक्छ। केही असहज परिस्थिति समेत सामना गर्नुपर्ला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइएला। सद्विचार लिनेहरूका लागि मात्र समय उत्साहजनक रहनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।अप्रिय समाचारले मन खिन्न हुनेछ। खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला। पढाइलेखाइमा समय दिन नसकिएला। व्यावसायिक काममा त्यत्ति फाइदा नहोला। काममा अवरोध आउन सक्छ। शुभचिन्तकहरूले साथ दिनेछन् भने चिताएका काम बिस्तारै सम्पादन हुनेछन्।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। साथीभाइले साथ नदिन सक्छन्। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
पहिलेका कमजोरी सुधार्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने बेला छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। सहयोगीहरूले साथ दिनेछन् भने मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। अध्ययनमा प्रगति हुनेछ। सभा–समारोहमा सहभागी बन्ने अवसर जुट्नेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ भने नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ। अघिल्लो नतिजाले काममा हौसला जगाउनेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। आवश्यक पर्दा सहयोगीहरू प्रशस्तै भेटिनेछन्। मनग्य धनलाभ हुने समय छ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) – नेपाली पात्रो    

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!