वि.सं. २०७३ साल फागुन १६ गते। सोमवार। इश्वी सन् २०१७ फेब्रुवरी २७ तारिख। नेपाल संवत् ११३७ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– प्रतिपदा, १९:५३ बजेउप्रान्त द्वितीया।
 
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
साथीभाइले फाइदा दिलाउनेछन्। उठ्नुपर्ने रकम हातलागी हुनेछ। आम्दानी बढ्नाले काममा उत्साह जाग्नेछ। अचल सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार बढ्नेछ भने दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। श्रमको उचित मूल्यांंकन हुनेछ। पढाइमा राम्रै प्रगति होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
पहिलेको कारोबार नमिल्नाले समस्या पर्न सक्छ। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। ठूलो भाग पाउने मोहले भएको वस्तुसमेत गुम्न सक्छ। ईर्ष्या गर्नेहरूले काममा बाधा पुर्याउन सक्छन्। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउन सक्छन्। संघर्षपछि भने लाभ उठाउन सकिनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
मिहिनेतले नयाँ जिम्मेवारी दिलाउनेछ। तर अरूकै काममा समय खर्चनुपर्ला। कामको चापले जीवनशैली व्यस्त रहनेछ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। परिस्थिति अनुकूल रहे पनि सुविधाका लागि खर्चनुपर्ला। सुखदुःखमा साथ दिनेहरू थोरै हुनेछन्। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि आफ्ना काम अवरुद्ध बन्न सक्छन्। बलजफ्तीले काम बिग्रन सक्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
अरूका लागि बुद्धि खर्चनुपर्ला। उपलब्धिविहीन काममा समय बित्नेछ। रकम अभावले आजको योजना स्थगित हुन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। आफ्नो श्रमबाट अरूले फाइदा उठाउलान्। नयाँ काम थाल्न समय पर्खनुहोला। प्रतिफल अनिश्चित रहे पनि गरी आएका कामलाई निरन्तरता दिन सकिनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
परिवारजनको साथले नयाँ आशा जगाउनेछ। सहयोगीहरू जुट्नाले लक्ष्य प्राप्ति हुनेछ। तारिफयोग्य कामले लोकप्रिय बनाउनेछ। उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ होला। प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा मानसम्मान समेत प्राप्त हुनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। तर ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। फाइदाका पछि लाग्दा साथीभाइ टाढिएलान्। प्रयत्नले लक्ष्यमा पुर्याउनेछ। पुराना सहयोगीहरू प्रतिस्पर्धामा उत्रिएलान्। बलजफ्तीले चुनौती निम्त्याउला। नतिजाका लागि विवेकले काम लिनुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
चिताएको काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अस्वस्थताले पनि उद्देश्यमा बाधा पुर्याउन सक्छ। अप्रिय समाचारले मन खिन्न रहनेछ। तापनि मेहनतले मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। नियमित काम भने सम्पादन हुनेछन्।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
ईर्ष्या गर्नेहरूले सताउन सक्छन्। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन होला। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। मनको डरले तर्साए पनि व्यवहारमा फाइदा हुनेछ। परिवारमा आमाको सहयोग लिँदा काम सम्पादन हुन सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। हिम्मत गर्दा काम सम्पादन हुनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ठीक समयमा सही निर्णय लिन सकिनेछ। मान-सम्मान प्राप्त हुनेछ भने मेहनतले सम्मानित स्थान दिलाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आँटले काम लिँदा फाइदा हुनेछ। कार्यसम्पादन गर्ने क्षमता पनि बढ्नेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। रमाइलो यात्राका साथै विशेष समारोहमा भाग लिने मौका छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
हिम्मतले काम लिँदा चिताएको सफलता प्राप्त हुनेछ। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छिटै पूरा हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। व्यापारमा मनग्य हाभ हुने देखिन्छ। परिवारजनसँग आत्मीयता बढ्नेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको गाँठो कसिएला। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुने सम्भावना छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
सुरुमा खर्च लागे पनि पहिलेको लगानीले फाइदा दिलाउनेछ। ईर्ष्या गर्नेहरूले भने अलि दु:ख देलान्। अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला। तापनि, चुनौती पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। प्रतिस्पर्धाबाट फाइदा उठाउने समय छ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ला। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) – नेपाली पात्रो    

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!