- संगालोखबर संवाददाता

धनकुटा । नेपाली कथानक हास्य चलचित्र ‘मोटे मोटी मोटे’ शनिवार धनकुटामा प्रदर्शन हुने भएको छ । मिक्लुकथुम् फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको सो चलचित्र दिउँसो २ बजे धनकुटा सिनेमा हलमा प्रदर्शन हुने निर्माण टिमले जनाएको छ ।

याम थलङ्ग र सञ्जोक सरिकले निर्देशन गरेको चलचित्रलाई सिर कुमार साम्पाङ्गले छायाङ्कन गरेका हुन ।

Advertisement

चलचित्रमा याम थलङ्ग, मिकल तामाङ्ग, सुदिप पण्डित, दृप्ति तामाङ्ग, ईन्द्र लिम्बु, अन्ना सुब्बा, युनिसा राई, दिलकुमार फुयाल, मनुदादा राई लगायत कलाकारले अभिनय गरेका छन ।

चलचित्रका गीतमा गायिका मेलिना राई, हेमु स्मृति चोङ्गवाङ्ग, समिर सिंगक लिम्बु, लिला राई, सञ्जय राई र याम थलङ्गले स्वर दिएका छन ।

चलचित्र प्रदर्शन हुनुअघि साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको गायिका हेमु स्मृति चोङ्गवाङ्गले जानकारी दिईन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!