तुलसीपुर, २७ असोज । जिल्ला प्रहरी कार्यालय सल्यानले कर्तव्य ज्यानको आरोपमा फरार एक व्यक्तिलाई १७ बर्ष पछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तत्कालिन स्यानीखाल गाविस ९ घर भई हाल तुलसीपुर उप महानगरपालिका १ छोटे निवासी बिजुले भन्ने विजय गोसाई रहेको प्रहरीले जनाएको छ ।

Advertisement

आफनो सहोदर दाई हेरम गोसाईको हत्या गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक भरत बहादुर विकले जानकारी दिए ।

२०५७ कात्तिक १४ गते सामन्य विवाद हुँदा हसीयाँ प्रहार गरि गम्भिर घाइते भएका दाइको केहि समयपछि उपचारका क्रममा मृत्यु भएको थियो  ।

दाङ प्रहरीको सहयोगमा सल्यान प्रहरीले बिहिबार आरोपीलाई पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!